पर्वत जिल्ला अस्पतालमा खुट्टावाट संचालन गर्न मिल्ने धारा संचालन

पर्वत बैशाख २६/ पर्वत जिल्ला अस्पतालमा खुट्टावाट संचालन गर्न सकिने धारा स्थापना गरिएको छ । प्रगतिशिल इन्जिनियरिङ एशोसिएसन नेपाल पर्वत जिल्ला कमिटि र नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशको संयुक्त लगानीमा पर्वत जिल्ला अस्पतालमा हातामा उक्त प्रणालीको धारा जडान गरेर संचालन गरिएको हो ।
नोबेल कोरोना भाईरसको बढ्दो संक्रमणलाई न्यूनिकरण गर्नका लागि एउटा खुट्टा छुँदा स्यानिटाईजर र अर्को खुट्टाले छुँदा पानी आउने प्रणाली जडान गरिएको प्रगतिशिल इन्जिनियरिङ एशोसिएसन नेपाल पर्वतका सचिब सम्राट पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा आउने सेवाग्राही तथा बिरामीहरुमा एक अर्कामा संक्रमण नफैलियोस भनेर यस्तो सिस्टम निर्माण गरि हस्तान्तरण गरिएको हो ।
अस्पतालको मुख्य गेटमा रहेको यो सिस्टम अनुसार पानी ट्यांकीको दायाँतर्फको खुट्टाले थिचेपछि साबुन वा स्टानीटाईजर र बाँया खुट्टाले थिचेपछि पानी आउने छ ।


उक्त धाराको शुक्रवार जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले हातले छोएर धारा खोल्दा र साबुन लगाउँदा एक अर्कामा भाईरस सर्ने जोखिम बढ्ने भएकाले यो पद्धती निकै लाभदायक हुने बताउनुभयो । उहाँले जिल्लाका अन्य सेवाग्राहिको चाप हुने कार्यालय र विभिन्न चोक तथा केन्द्रहरुमा पनि यस्तो प्रविधिको धारा जडान गर्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा लगायतको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम प्रगतिशिल इन्जिनियर्स एशोसिएसन गण्डकीका सदस्य निशान केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब सम्राट पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’