ट्रम्पको सुरक्षामा खटिएका सैनिकलाई कोरोना संक्रमण

वासिंटन , २५ बैशाख /अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।

तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ह्वाइटहाउसका प्रवक्ताले बिहीबार जनाए अनुसार ह्वाइट हाउसको सुरक्षार्थ खटिएका एक सैन्य अधिकारीमा कोरोना संक्रमण भेटिएको हो ।

‘हामीले भर्खरै थाहा पायौँ कि, ह्वाइट हाउसको मेडिकल टीमले एक ह्वाइट हाउसमा कार्यरत सैनिकमा संक्रमण भएको जानकारी दियो । राष्ट्रपति र उपराष्ट्रपतिमा कुनै स्वास्थ्य समस्या छैन । उहाँहरको रिपोर्ट नेगेटिभ आयो,’ प्रवक्ता होगन गिड्लीले बताएका छन् । ट्रम्पको दुई पटकसम्म कोरोना परीक्षण भइसकेको छ । तर नेगेटिभ रिपोर्ट नै आएको छ । पहिलो पटक अप्रिल २ मा गरिएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’