वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण, १७ संक्रमित एकै परिवारका सदस्य

वीरगञ्ज, २१ वैशाख । वीरगञ्जमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोगेटिभ आएको छ । संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ८६ वर्षका बृद्ध समेत छन् ।

उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’