कोशी अस्पतालका ६ कोरोना संक्रमित निको भए, भोलि डिस्चार्ज हुँदै

काठमाडौं, बैशाख २३/ कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ कोरोना संक्रमित निको भएका छन्।

प्रदेश एक सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने जनाएको हो।

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले निको भएका ६ जनालाई भोली बिहान ८ वजे डिस्चार्ज गरिने भएको छ।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जनामध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए।

डिस्चार्ज हुने तयारीमा रहेका सबै भारतीय नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।

डिस्चार्ज हुनेहरुलाई थप केही दिन विराटनगरस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टिनमा राखिने मन्त्रालयले जनाएको छ। कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले उनीहरुसँगै अस्पतालमा उपचाररत अन्यको अवस्था समेत सामान्य रहेको बताइन्।

विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा उदयपुरका २८ सहित ३१ जना उपचाररत थिए। जसमध्ये १२ जना भारतीय हुन् भने बाँकी नेपालीहरु हुन्।नेपालखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’