पर्वतमा थप ३ जनाको कोरोना परिक्षण नेगेटिभ

पर्वत, २२ वैशाख/ थ्रोड स्वाब संकलन गरी परिक्षण गरिएका थप ३ जनाको रिर्पोट नेगेटिभ आएको छ । संक्रमणका सम्भावित लक्षण सहित आइसोलेसनमा भर्ना भएका १ जना र स्वास्थ्यकर्मी २ जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार आइतार र सोमबार उनीहरुको थ्रोड स्वाब संकलन गरिएको थियो । पोखरा स्थित स्वास्थ्य निर्देशनालयको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा उनीहरुको रिर्पोट नेगेटिभ देखिएको हो । उनीहरुको विवरण भने खुलाइएको छैन् । २ जना स्वास्थ्यकर्मीहरु उपचारमा खटिएका स्वास्थ्यकर्मी हुन् ।

योसंगै पर्वत जिल्लामा कुल ८७ जनाको थ्रोड स्वाबको रिर्पोट नेगेटिभ देखिएको छ । पर्वतमा हालसम्म कुल ३ सय ६८ जनाको आरडिटि परिक्षण गरिएको छ । उनीहरुमा पनि एन्टीबडी नेगेटिभ देखिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’