कोरोना निको भएर डिस्चार्ज भएका राैतहटका युवक फेरि अस्पताल भर्ना

पर्सा , बैशाख २१/ कोरोना संक्रमणबाट मुक्त भएपछि वीरगन्जको नारायणी अस्पतालबाट बिदा गरिएका रौतहटका १९ वर्षीय युवक फेरि अस्पताल भर्ना भएका छन्।

कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि गएको वैशाख १४ गते नारायणी अस्पताल वीरगन्जबाट उनी डिस्चार्ज भएका थिए। शरिरमा समस्या देखिएपछि गएराति उनलाई फेरि वीरगन्जको नारायणी अस्पतालमा नै ल्याई भर्ना गरिएको छ।

शरीरमा समस्या देखिएपछि अस्पतालमा ल्याइएको वीरगन्जको नारायणी अस्पतालबाट अस्ति बिदा गरिएका रौतहटका युवकलाई पुनः नारायणी अस्पतालमा भर्ना भएका चाहिँ हुन् अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मनोजकुमार उपाध्यायले बताए। ‘मानिसको शरिर हो, केही गढबड भएपछि अस्पताल त ल्याउनैपर्‍यो नि। फेरि कोरोना देखिएर ल्याएको होइन’ उनले भने। शरीरमा समस्या देखियो भनेर चेकजाँचका लागि ल्याएको हो। कोरोना नै हो होइन? भन्ने सवारमा पछि रिपोर्ट आएपछि मात्र बताउन सकिन्छ डा. उपाध्याय थपे।

युवकलाई अस्पतालको आइसोलेशन वार्डमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ। शारीरिक समस्या देखियो भने पछि फेरि कोरोना हो होइन? भनी चेकजाँचको लागि गएराति वीरगन्ज ल्याइएको छ। उनको अवस्थाका बारेमा चेकजाँच हुँदैछ। निगरानीमा त डिस्‍चार्ज भएकालाई पनि राख्नु पर्छ कोेभिड १९ कमाम्ड पोष्ट पर्साका सदस्य सचिव तथा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए। अहिले नै यसै भन्न सकिन्न। पुनः रिपोर्ट आएपछि मात्र ठोस कुरा बताउन सकिन्छ उनले भने।

फूलमालासहित बिदा गरिएका थिए युवक

युवक रौतहटको इसनाथ नगरपालिकाका बासिन्दा भए पनि भारतबाट फर्किए पछि चेकजाँच गर्दा बैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

वैशाख २ गतेबाट वीरगन्जको नारायणी अस्पतालको आइसोलेन वार्डमा राखी पहिले पनि उपचार भएर घर पठाइएको थियो। घरमा नै एक डेडहप्ता क्वारेन्टाइनमा बस्ने गरी रौतहटबाट आएको एम्बुलेन्स मार्फद ती युवकलाई बैशाख १४ गते नारायणी अस्पतालले पठाएको थियो।

पठाउनु पूर्व कोरोना जित्न सफल भएको भनी उनलाई यहाँका चिकित्सक, स्वास्थ्यकर्मी लगायतले फूलमालासहित बिदा गरिएको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’