नाटक

-अनु शाह
तालीको गड़गड़ाहट सँगै
पर्दा खुल्छ रँगमँचको
अनी नाटक शुरू हुन्छ,
भाबिले लेखेको र
जीवनले देखेको
सम्बन्धित पात्रहरु
अनेकौ रङको परिधानमा रँगीयर
निकलिन्छ र प्रस्तुत हुन्छन
हेर्ने तमासे हरुको भिडमा,
म आफ्नै अभिनय देखाइ रहेछु
नाटक सुरु हुन्छ ….
दु:ख पीँडा, मिलन, बिछोड
हाँसो र रोदन सबै अभीनय गर्दैछु,
निर्णायकले सीकायको जस्तै गरेर,
म अभीनयको पारखी,
म नृत्यमा पारँगत,
सबै दर्सकलाई मनोरँजन गराई रहेछु
कहीले गाएर, कहीले नाँचेर,
कहीले बाद बीबाद, सँम्बादले
तर म धेरै थाकेको छु
शायद त्यसैले,
अचानक म लडछु, घाईते हुन्छ
सीसाको खेलौना जस्तै टुक्रीन्छु
र छरीन्छु चारैतीर,
तर उफ्फ भन्दिन मलाई दुख्दा,
क्रुन्दन गर्ने अधिकार नै छैन मलाई,
मेरो रोदन, मेरो याचना
जहाँको त्यँही हुन्छ,
म चित्कार गरिरहेछु,
मलाई साँच्चै दुखेको हुन्छ,
तर सबैले यस्लाई अभीनय ठानेर
बेवास्ता गर्छन,
अब खेल खतम,
फेरी जोड़ जोडले ताली बज्छ,
अनी तालीको गडगडाहट पछी
दर्सकहरू बाहीरीन्छन
एक एक गरेर,
पर्दा बन्द हुन्छ,
एउटा जीवन त्यही सकिन्छ,
त्यो अभिनय गरी रहने
अथाह पिँडामा डुबेको डुब्छ,
तर कसैले बुझ्दैन,
त्याहाँ एउटा जिबनको अन्त हुन्छ,
अमेरिका