नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते बस्ने ,गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय


काठमाडौं, बैशाख २०/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते बोलाएको छ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वैशाख २५ गते सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको बताए।

‘पार्टीले अहिलेको एकता, सहमति र समधानको निष्कर्षअनुरुप पार्टीलाई दिशानिर्देश गर्ने गरी र त्यसको निम्तिी आवश्यक छलफल गर्ने गरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे काठमाडौँमा बस्ने निर्णय गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले स्थायी समितिको बैठकको तयारीका लागि वेशाख २४ गते सचिवालयको बैठक बस्ने निर्णय भएको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन्।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए।

‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठले बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको बताए।

‘पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय लिएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिनिधिसभामा आइसकेपछि वामदेव प्रधानमन्त्री बन्ने संभावनाको ढोका खुल्छ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’