म्याग्दीको बिकट गाउँमा लकडाउनमा गाउँलेले खने सडक

म्याग्दी , वैशाख २०/ लकडाउनकै समयमा अन्नपूर्ण गाउँपालिका–५ शिख–किन्दुवासीले २ दशमलव ५ किलोमिटर लामो सडक निर्माण गरेका छन् । समुदायकै अग्रसरतामा ४ दशमलव ५ मिटर चौडाइको २ दशमलव ५ किलोमिटर सडक खनिएको हो ।

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–५ शिख–किन्दुवासीले खनेकाे सडक । तस्बिर सौजन्य : सेते तिलिजा

गाउँपालिकाको ८ लाख २५ हजार बजेटमा सोही वडाको तल्लो शिखबस्तीबाट ४ लाख, शिखदेउराली बस्तीबाट ५० हजार, पाउद्वार बस्तीबाट १ लाख, किन्दु बस्तीबाट ५० हजार रुपैयाँ लगानीको सडकमा उपभोक्ता समितिबाट १ लाख ४७ हजारबराबरको श्रमदान गरिएको थियो । सडक खन्न गाउँपालिकाको अनुदान, चन्दा तथा श्रमदानसमेत गरी १५ लाख ७१ हजार ८ सय ७० रुपैयाँ खर्च भएको सडक निर्माण समितिले जनाएको छ ।

‘गाउँमै उपलब्ध डोजर तथा श्रमिक प्रयोग गरी सडक निर्माण गरेका छौं । गाउँपालिकामा सडक नपुगेको छेउको किन्दुबस्ती पनि अब सडक सञ्जालमा जोडियो,’ वडाध्यक्ष दिनेश तिलिजाले भने, ‘राज्यले थोरै बजेट दिँदा समुदायले धेरै लगानी थपेको छ । सडकले जोडिएपछि किन्दुबस्तीमा उत्पादित तरकारीले बजार पाउनेछ ।’

सडकले जोडिएपछि अन्नपूर्ण गाउँपालिका–५ किन्दु, गिरवाङ र झारवाङका १ सय ३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।कान्तिपुरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’