कोरोना अपडेट- पछिल्लो २४ घण्टामा थपिएनन् नयाँ संक्रमित

पीसीआर विधिबाट १३ हजार ९८ को परीक्षण

काठमाडौं, बैशाख २०/ पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) का नयाँ संक्रमण नथपिएको स्वास्थ्य मनत्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यसमा ४९ पुरुष र १० जना महिला रहेका छन्।

संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन्। यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्। यसैगरी आरडीटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन्।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडीटी परीक्षण भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडीटी परीक्षण भएका छन्।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ८ सय ६५, प्रदेश २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टिनमा रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार जना क्वारेन्टिनमा रहेका छन्।

काठमाडौं उपत्यकामा ४ र बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’