पर्वतमा वडा अध्यक्षकै संग्लग्नतामा काठ तस्करी

पर्वत, २० वैशाख । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङस्थित मालारानी बनबाट सल्लाको काठ बरामद गरिएको छ ।

जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङका वडा अध्यक्ष हरि विकास जिसिको संलग्नतामा सो क्षेत्रमा काठ तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको कालिगण्डकी सब डिभिजनका वन कर्मचारीसहित स्थानीय बासिन्दाको टोलीले अवैधरूपमा कटान गरिएको काठ बरामद गरेको हो ।

विश्वब्यापी रुपमा कोरना महामारीको त्रासको समयमा पनि स्थानीय सरकार को दम्भ देखाउदै जनप्रतिनिधिनै काठ निकासिमा लागेको स्थानीयबासीको आरोप छ ।

टोलीले उक्त स्थानबाट मालारानी वनमा काटिएको केहि परीणामका सल्ला जातका रुखहरू कटान गरी टेक्टर र स्काभेटरमा ढुवानी गर्न लागेका काठ बरामद गरेको जिल्ला बन अधिकृत असोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बरामद गरिएको उक्त काठ नियन्त्रण हुने गरी स्थानीय उपभोक्तको समितिको संरक्षणमा राखिएको छ । बन अधिकृत श्रेष्ठले तत्कालै निर्णय गरी उचित व्यवस्थापन गरिने र दोषीमाथि कानूनबमोजिम आवश्यक छानबिन गरी कारवाही गरिने बताउनुभयो ।

यता मालारानी बन उपभोक्ता समितिका अध्यक्ष चित्र बहादुर जिसिले अहिले काठ आफूहरुकै नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले उपभोक्ता समितिले ढलेको रुख दिने भन्ने निर्णय गर्ने कुरा भएको भए पनि आफूहरुले नदिएको उहाँले दाबी गर्नुभयो ।न्युज २४ नेपालबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’