कोरोना कहर -जब बच्चाको मन भुलाउन आमाले ढुङ्गा पकाइन्….

काठमाण्डौ , बैशाख १९/ मान्छेले ढुङ्गा पकाएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घटना घटेकाे छ ।

कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ ।

आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ ।

पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् ।

उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन् ।

पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् ।

केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन् । उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’

केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ । एजेन्सी

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’