पर्बतको पैयुँ गाउँपालिकाका ५ जनाको रिर्पोट पनि नेगेटिभ

पर्बत, बैशाख १८ /पर्बतको कुश्मा स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी कोरना अस्पतालको आइसोलेसनमा रहका पैंयु गाउँपालिकाका ५ जनाको कोरोना परिक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण नभेटिएको हो ।
पिसिआर परिक्षण गरिएका ५ जना मध्ये चार पुरुष र एक महिला रहेका छन् । सबै जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
परिक्षक्षण गरिएका सबै पैयुँ गाउँपालिका वडा नम्बर ३ र ५ का बासिन्दा हुन । पैयँु गाउँपालिका वडा नम्बर ३ बेउलीबासका २९ बर्षिय पुरुष, २७ बर्षिय महिला र २३ बर्षिय पुरुष रहेका छन् भने वडा नम्बर ५ चिसापानिका एक २२ बर्षिय र अर्का २० बर्षिय पुरुष रहेका छन् । उनीहरु २ जना भारत, २ जना नबलपरासी र १ जना तनहुँबाट आएका थिए । ना अस्पतालमा बुधबार भर्ना गरिएका ५ जना बैशाख १४ गते गाउँपालिका प्रबेश गरेका थिए ।