पर्वत अस्पताललाई अन्तराष्ट्रिय पर्वत समाजको पिपिई सहयोग

पर्वत,बैशाख १८/ अन्तराष्ट्रिय पर्वत समाजले जिल्ला अस्पताल पर्वतलाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई मध्येनजर गरी पिपिई सहयोग गरेको हो । समाजले उच्च स्तरको १२ थान र मध्यम खालको २० थान गरि ३२ थान पिपिई सहयोग गरेको छ ।

संस्थाले एक लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री दिने निर्णय अनुसार उक्त स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । उक्त स्वास्थ्य सामग्री समाजका संरक्षक गोविन्द सुवेदी र समाजका कानुनी सल्लाहकार केशवराज पुरी लगायतको टोलीले जिल्ला अस्पाताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीलाई हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्क्तिका सिपाही भएकाले उनीहरुको मनोबल उच्च बनाउने गरेकोमा अध्यक्ष पहाडीले जानकारी दिनुभयो।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य डा. सुर्य पाठक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरिक्षक श्यामु अर्याल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’