चार जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पर्वत,बैषाख १८ / कोरोना बिरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पर्वत, बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
पर्वत समाज जापानले उपलब्ध गराएका स्वास्थ्य सामाग्री पहलकर्ताहरुको उपस्थितिमा बिहिबार अस्पताल र स्थानिय तहरुलाई हस्तान्तरण गरिएको हो ।
समाजले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा पर्वत जिल्लाका लागि २८ थान पिपिई, २८ वटा एन ९५ मास्क, २८ वटा थर्मल गन, २८ वटा भाईजर र गगल्स रहेका छन । त्यस मध्ये सबै सामाग्री पर्वत अस्पताललाई ७ थान उपलब्ध गराइएको छ भने पर्वतका सात वटै स्थानिय तहलाई ३ सेट उपलब्ध गराइएको छ । बागलुङ्ग, म्याग्दी र मुस्ताङ्गलाई ५ सेट उपलब्ध गराइएको छ । यस बाहेक लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीलाई पनि ५ सेट उपलब्ध गराउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री जुटाउनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य डा. सुर्य पाठक, बरिष्ठ मुटुरोग बिशेषद्द डा. अनिल भट्टराई, लुम्बिनी गार्डेन फाउण्डेसन उपाध्यक्ष गोबिन्द सुबेदी लगायतले समन्वय गर्नुभएको थियो भने जापानमाा पर्वत समाज जापानका सुजन जोशी र महेन्द्र श्रेष्ठ पहल गरेर रकम उठानु भएको सुबेदीले बताउनुभयो ।
पर्वतका लागि कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरियो भने म्याग्दी, बागलुङ्ग र मुस्ताङ्गका अस्पताल बिकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो । सोही हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोमा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले धन्यबाद दिनुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’