नेकपाको विवादमा नयाँ मोड : गौतमलाई प्रधानमन्त्री र नेपाललाई अध्यक्ष बनाउन ओलीको प्रस्ताव


काठमाण्डौ , बैशाख १८/सत्तारुढ नेकपाभित्रको विवादले नयाँ मोड लिएको छ ।

हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा आफ्नो राजीनामाको कुरा उठेपछि उहाँले कोरोना सङ्क्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो । कुनै ठाउँबाट चुनाव गराएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने ओलीको प्रस्ताव छ ।

यस्तै उहाँले पार्टीमा तीन जना अध्यक्ष राख्ने र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव पनि गर्नुभएको छ । अचानक आएको ओलीको यो प्रस्तावमा उपाध्यक्ष गौतमसहितका नेताहरु आश्चर्यमा परेका छन् । यसबारे उनीहरुले आफू निकट नेताहरुसँग छलफल गरेका छन् ।

ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुङ्गो लगाउने नेताहरुको भनाइ छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’