पर्वतमा २३ जना क्वारेन्टाईनमा, २ जना आइसोलेशनमा

पर्वत, बैशाख १७/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि सरकारले बन्दाबन्दी गरिरहेको छ ।
बन्दाबन्दी कारण अन्तरजिल्ला, अन्तरपालिका आवतजावतमा कडाई गरिएको छ । यस्तो अवस्थामा पनि पर्वतमा विभिन्न जिल्लाबाट भित्रिने क्रम रोकिएको छैन । अन्य जिल्लावाट पर्वतमा भित्रिएका मध्ये २३ जना विभिन्न पालिकामा रहेका क्वारेन्टाईनमा रहेका छन् । भने २ जना आईसोलेशनमा रहेका छन् ।
जिल्लाको जलजलामा ६, पैंयुमा ६, फलेवासमा २, महाशीलामा ९ जना क्वारेन्टाईमा रहेका छन् । ती मध्ये ६ जना तराई क्षेत्रवाट आएका हुन् भने अन्य विभिन्न जिल्लावाट आएका हुन् ।
त्यस्तै भारतवाट आएकाको सम्पर्कमा रहेका फलेवास नगरपालिका वडा नं. ३ का एक दम्पत्ती पर्वतको अस्थायी कोरोना अस्पतालमा आईसोलेशनमा रहेका छन् । ज्वरो र खोकी जस्ता लक्षण देखिएपछि उनिहरुलाई आइसोलेशनमा राखिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिनुभयो । उनिहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर पोखरा पठाईएको र आज साँझसम्म रिपोर्ट आउने डा. देवकोटाले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले तराई क्षेत्रवाट भित्रिएकाहरुलाई क्वारेन्टाईनमा र अन्य जिल्लाबाट भित्रिएकाहरुलाई घरमै क्वारेन्टाईमा बस्न आग्रह गरिएको बताउनुभयो । उहाँले सोहि अनुसार स्थानीय तहहरुले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।
पर्वत अस्पतालका बिशेषज्ञ डाक्टर बिष्णु भण्डारी पनि अब होम क्वारेन्टाईनमा बस्ने बाहेक अन्य बिकल्प नभएको बताउनुभयो । गाउँमा आएकालाई २१ दिन सम्म घरमा नै बस्नका लागि प्रेरित गर्ने, स्वास्थ्य संस्थामा नजाने, वरपर घुम्न नदिने र घरमै सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने डा. भण्डारीको सुझाब छ । गाउँमा स्वास्थ्यकर्मी समेत संक्रमित हुने जोखिम बढेको कारण सानो तिनो समस्यामा स्वास्थ्य संस्था नजान उहाँको आग्रह छ ।
पर्वतमा साढे तीन सय क्षमताको क्वारेन्टाईन बनाईए पनि प्रभावकारी बन्न सकेको छैन ।
Share this: