नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि -संक्रमित भारतबाट चोरबाटो हुँदै नेपाल छिरेका थिए

रौतहट,१६ बैशाख /रौतहटमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना पुष्टि भएको हो ।
देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय र वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीयमा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।