बिहीबारसम्मै हावाहुरी, चट्याङ र असिना-पानीको सम्भावना (३ दिनको मौसमी अनुमानसहित)

काठमाडौं, बैशाख १६/ आज (मंगलबार)देखि तीन दिन अर्थात् बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।

‘अहिले पनि देशको पूर्वी भूभागमा वर्षा भइरहेको छ,’ मंगलबार बिहान मौसमविद् सजिना शाक्यले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि सबैतिर मौसम बदली भई वर्षाको सम्भावना देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाद्वारा मंगलबार बिहान ६ बजे प्रकाशित आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ-

देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ।

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरीसहितको वर्षा भइरहेको हो।

हेरौं, मौसम महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानः
वैशाख १६ गते मंगलबार
दिउँसोः
देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १७ गते बुधबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १८ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’