पर्वतको मोदीबेणीबाट मलामी गएकाले बचाए कालीगण्डकीमा बग्दै गरेकी वृद्धालाई

पर्वत , बैशाख १५/कालीगण्डकी नदीमा बगिरहेको अवस्थामा पर्वतकी एक वृद्ध महिलाको उद्धार गरिएको छ।

कुस्मा नगरपालिका ३ दुर्लुङ घर भएकी ६५ वर्षीया महिलालाई जिल्लाको कुस्मा नगरपालिका ५ मोदीवेणी घाटबाट उद्धार गरिएको हो।

ती वृद्धा बग्दै गरेको देखेपछि तत्कालै खोलाबाट तानेर प्रहरीलाई खबर गरिएको उद्धारमा संलग्न युवती मीना कञ्चनले जानकारी दिइन्। ‘हामी मलामी आएका थियौँ, हेर्दाहेर्दै माथिबाट मान्छे बगेर आएको देखियो,’ उनले भनिन्, ‘जसोतसो तानेर ढुंगामा सुताएर तत्कालै प्रहरीलाई खबर गर्दा आमाको ज्यान बच्यो।’

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास थापाका अनुसार ती महिला नदीमा खसेकी हुन् वा आत्महत्याका लागि हाम फालेकी हुन् भन्ने खुलेको छैन। खोलाबाट उद्धार गरिएकी उनको पेटमा पानी भरिएकाले बोल्न नसक्ने अवस्थामा थिइन्। तर पर्वत अस्पतालमा लगेर उपचारपछि स्वास्थ्य अवस्था सामान्य बनेर अहिले वृद्धाको डिस्चार्ज भइसकेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’