नेपालमा कोरोना -५३ हजार परीक्षणमा ५२ संक्रमित, १६ जनालाई निको भयो

लकडाउनको अवधि संक्रमणको प्रकृति र संयम्तामा भर पर्ने

काठमाडौं , १५ बैशाख/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सोमबारसम्म देशभर कोभिड १९ का संक्रमितको संख्या ५२ पुगेको छ ।

जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । सोमबार मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जम्मा १ सय ६ जना आइसोलसनमा राखिएका छन् ।

यस्तै २७ हजार ५ सय ४२ जनाले स्वमुयांकन फारम भरेकोमा जम्मा ३ सय ४ जनामाथि सरकारले संकास्पद भन्दै निगरानी गरिराखेको छ । पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ८ जना यसरी शंकास्पद वा रेडजोनमा परेका छन् ।

यस्तै हालसम्म देशभरका १६ वटा प्रयोगशालाबाट ५३ हजार भन्दा धेरैको कोभिड १९ परीक्षण भइसकेको बताइएको छ । उपचार भइरहेका ३६ जना संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लकडाउनको अवधि संक्रमणको प्रकृति र संयम्तामा भर पर्ने

आइतबार बसेको मन्त्रीपरिषद बैठकले आगामी जेठ २ गतेसम्मका लागि सबै उडान प्रतिबन्ध जारी राख्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले लकडाउन कहिलेसम्म कायम रहन्छ भन्ने कुरा संक्रमणको प्रकृति र संयम्तामा भर पर्ने बताएका छन् ।

‘लकडाउन कहिलेसम्म रहन्छ भन्ने कुरा संक्रमितको संख्या, संक्रमणले कस्तो रुप लिन्छ, त्यसलाई रोक्न हामी कति जिम्मेवार बन्छौँ र शंकास्पदलाई परीक्षणको दायरामा कसरी ल्यायन्छ भन्ने कुराहरुले लकडाउनलाई निर्धारण गर्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने ।

ल्कडाउन लम्ब्याउने वा नलम्ब्याउने कुरा नगरिकको जिम्मेवारीमा पनि भर पर्ने बताइएको छ । सरकारले कोभिड १९ को परीक्षणको दायरा अझै फराकिलो बनाउने पनि जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’