पर्वत र बागलुङमा असिनाले झण्डै साढे चार करोड बराबरको अन्नवाली नष्ट

पर्वत, बैशाख १५/पछिल्लो दुई साता यता परेको असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति पुगेको छ ।


दुई साताको अवधिमा पर्वत र बागलुङमा ५ दिनसम्म परेको असिनाका कारण पर्बतमा रु.२ करोड १५ लाख तथा छिमेकी जिल्ला बागलुङमा रु. २ करोड १९ लाख बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । दुई जिल्लामा गरी रु ४ करोड ३४ लाख बराबरको पुगेको प्रारम्भिक विवरण संकलन भएको हो ।


पर्वतको महाशीला, जलजला र मोदी गाउँपालिकामा सवैभन्दा बढि क्षति पुगेको छ भने त्यसवाहेक कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिकामा पनि गहुँ, आलु, तोरी, मकै र मौसमी तथा बेमौसमी तरकारी र फलफुलमा क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
त्यसैगरी बागलुङमा ताराखोला, ढोरपाटन, काठेखोला र जैमिनी नगरपालिकामा असिनाले ठुलो क्षतिको पुगेको हो ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार असिनापानी र हाबाहुरीका कारण पुगेको क्षतिको प्रारम्भिक विवरण संकलन गरी प्रदेश सरकारमा बुझाईएको छ ।
कोरोना संक्रमणको त्रासका बीचमा परेको असीना पानीले बागलुङ र पर्बतमा ठुलो क्षती पु¥याएको थियो । रेग्मीले अन्नवाली र फलफुलमा बढी क्षति पुगेको जानकारी दिनुभयो ।


यो सिजन खेतवारीमा लगाएका मकै गोड्ने, मौसमी तरकारी लगाउने र बेमौसमी तरकारीहरु बजार लैजाने बेला हो । त्यसैगरी सवैजसे फलफलुहरुमा दान लाग्ने बेला भएको थियो । यस्तो बेला निरन्तर परेको असिनाले कोरोनाले भन्दा पनि बढि पिडा दिएको कृषकहरुले गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’