पर्वतको शंकरपोखरीमा एक सातापछि बल्यो बिजुली


पर्वत, १३ बैशाख/ हावाहुरीसँगै परेको चट्याङले प्रसारण लाईनको ट्रान्सफर्मरमा क्षति पु¥याएपछि विद्युत आपुर्ति बन्द भएको यहाँको एक गाउँमा एक सातापछि बिजुली बलेको छ ।
पर्वतको फलेवास नगरपालिका–३ शंखरपोखरीमा एक सातापछि बिजुली बलेको हो ।
गत आईतबार साँझ परेको चट्याङका कारण क्षति पुगेको ट्रान्सफर्मर लगायतका बिद्युतिय सामग्रीको मर्मतपछि बिद्युत सेवा सुचारु भएको विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ । बैशाख ७ मा परेको चट्याङले शंखरपोखरीकै एक महिलाको ज्यान समेत लिएको थियो ।
विद्युत आपुर्ति बन्द हुँदा शंकरपोखरीका खल्डाँडा, विरौटा, अमलाह, तिउरे, सराङ्दी, लगायतका गाउँका झण्डै ३ सय घरधुरी अन्धकारमा थिए । चट्याङले विद्युतको तार, पोल लगायत ट्रान्सफर्मर भएको ठाउँमा वरिपरिसमेत क्षति पु¥याएको थियो ।
शनिबारदेखि विद्युत नियमित भएको शंखरपोखरीका स्थानीय सौगात रिजालले बताए । विद्युतीय ट्रान्सफर्मर र इन्सुलेसनमा क्षति पुगेकाले लगातार पाँच दिन लगाएर मर्मत गरेपछि बिद्युत आपूर्ति नियमित गरिएको वितरण केन्द्र पर्वतका प्रमुख नारायण चौधरीले बताए ।