अमेरिकाको टेक्सासमा नेपाली युवक घरभित्रै मृत भेटिए


अमेरिका, १४ बैसाख । अमेरिकाको टेक्सास राज्यस्थित यूलेसमा बस्दै आएका गैरआवासीय नेपाली युवा दिपेश थापा घरभित्रै मृत भेटिएका छन् ।
बिगत १७ वर्षदेखि अमेरिकामा बस्दै आएका ३८ वर्षीय थापा बिहीबार आफ्नै निवासमा मृत भेटिएका हुन् ।
दिपेशका दाजु दिवश थापाले दिएको जानकारी अनुसार बिहीबार बिहान पटक–पटक फोन गर्दा समेत नउठेपछि भेट्न कोठामा पुग्दा मृत भेटिएका थिए । मुखबाट रगत निस्किएको देखिएपछि एम्बुलेन्सलाई फोन गरिएको थियो ।
एम्बुलेन्सको चिकित्स टोलीले दिपेशको निधन भइसकेको जानकारी दिएको दाजु दिवशले बताए । स्थानीय शनिबार दिउँसो दिपेशको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
नेपालमा पोखरा स्थायी घर भएका थापाका एक श्रीमती, दाजु, बैनी र बुवा, आमा छन् । अध्ययनका लागि अमेरिका आएका थापाका बुवा, आमा र बैनी नेपालमै छन् । अन्नपूर्ण पोष्टबाट