औषधी नखाइ कोरोना जितिन अन्सुले

बागलुङ, १२ बैशाख–/ कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपालकै पाँचौ बिरामी बागलुङकी १९ बर्षिय अन्शु सापकोटाले कुनै पनि औषधी नखाई कोरोना जितेर अहिले भरखरै डिस्चार्ज भएकी छिन ।

छैठौ रिपोर्ट नेगेटिभ आएसंगै उनी शुक्रबार राती डिस्चार्ज भएकी हुन् । युवतिलाई उनका पिताले वुझेका हुन् ।

धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित १९ बर्षकी युवतीको छैठौं पटकको थ्रोड स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ । चौथोपटकसम्म रिपोर्ट पोजेटिभ आएकोले एक महिनादेखि अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी ती युवतीको पाँचौ र छैठौं पटकको स्वाब रिपोर्ट नेगेटिभ आएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीले ढोरपाटनलाई जानकारी दिइन् । नेपालको पाँचौ र बागलुङको पहिलो संक्रमित ती युवती निको भएकी हुन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’