पर्वतको शंकरपोखरीकी चट्याङ लागेर ज्यान गुमाएकी कल्पनाको परिवारलाई घरमै पुगेर डेढ लाख राहत हस्तान्तरण

पर्वत, बैशाख ११/ केहि दिन अघि चट्याङ लागेर ज्यान गुमाएकी पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीकी कल्पना भुसालको पविारलाई राहत हस्तान्तरण गरिएको छ ।
पिडित परिवारलाई बिहीवार घरमै पुगेर जिल्ला दैविप्रकोप उद्धार समितिको तर्फवाट रु १ लाख र फलेवास नगरपालिकाको तर्फवाट रु ५० हजार रुपैया गरी रु १ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको हो ।
फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल र प्रहरी नायब उपरिक्षक स्यामु आर्यल, फलेवासका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजाल सहितको टोली घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।

भसालको वैशाख ७ गते दिउँसो घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको थियो । चट्याङ लागेर गम्भीर घाईते भएकी भुसालको उपचारका लागि पर्वत अस्पतालमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो । उनका एक छोरा एक छोरी र श्रीमान रहेका छन् । राहत रकम मृतकका श्रीमान यज्ञप्रसाद भुसाललाई हस्तान्तरण गरिएको फलेवासका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
सो अवसरमा मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरिएको थियो ।