भारतीय दुतावासको सक्रियता पछि यसरी संभब भयो राजपा र समाजवादीको मिलन

काठमाडौं, बैशाख ११/राजपा र समाजवादी पार्टीको एकता नै समाजवादी पार्टी नटुक्रिनुको रामवाण साबित भएको छ । दुई पार्टी एकीकृत नभएको भए सायद पार्टीलाई विभाजन हुनबाट कसैले रोक्न सक्ने थिएन ।
स्रोतका अनुसार समाजवादी पार्टी टुक्रा हुनबाट जोगाउन नेपालस्थित भारतीय दूतावासको पनि भूमिका रहेको छ । दूतावास शुरुदेखि राजपा र समाजवादीलाई एकीकृत गराउने पक्षमा थियो । दूतावासले पटक–पटक दुवै दलको बीचमा एकीकरण होस् भनेर पहल गरिरहेको थियो । तर, दुवै पार्टीको आपसी विवादका कारण एकीकरण प्रक्रिया अघि बढ्न सकिरहेको थिएन ।
तर, जब सरकारले ४० प्रतिशत सांसदले पनि पार्टी विभाजन गर्न सक्ने गरी ऐन संशोधन गरेपछि समाजवादी पार्टी फुट्ने चर्चा शुरु भएको थियो । सोही चर्चामा दूतावासले पनि खेल्यो । दुवै पार्टी एकीकरण नभए समाजवादी पार्टीलाई विभाजनबाट कसैले बचाउन सक्दैन भने सन्देश उपेन्द्र यादव समक्ष पु¥यायो ।
त्यसपछि उपेन्द्र यादवले हतार हतारमा बैठक बोलाएर राजपा नेपालसँग एकीकरणका लागि तयार भए । अघि उनले राजपा नेपालका सबैलाई बराबर हैसियत दिन तयार नभएका यादव सबैलाई समान हैसियत दिनसम्म तयार भए । अर्थात् राजपा नेपालका नेताहरुको माग पूरा गर्दै यादव एकीकरणका लागि तयार भएका छन् ।
त्यस्तै, महन्थ ठाकुरलाई पार्टीको पहिलो वरियताक्रममा राख्न पनि यादव तयार भएका छन् । जब कि यसअघि संरक्षक वा वरिष्ठ नेताको रुपमा मात्र ठाकुरलाई स्वीकार गर्न सकिने उनको अडान थियो । महन्थ ठाकुरपछि वरियतामा डा.बाबुराम भट्टराई रहने लगभग सहमति भएको छ । तर, अन्य नेताको बारेमा अहिले टुगों नलागेको राजपा नेपालका एकताले बताए ।
एकीकरणमा सहमति भएपछि यता दूतावासले पनि समाजवादी पार्टी टुक्राउनमा सक्रिय भएका सांसदहरुलाई सम्पर्क गरेर पार्टी विभाजन नगर्न दबाव दिएको थियो । त्यसमध्ये कतिपय सांसद तत्कालै दूतावासको कुरा मानेर पछाडी हटे भने कतिपयले पछिसम्म अडानमा रहे । दूतावासका एक पदाधिकारीले भने, ‘फुट्नु राम्रो होइन, जुट्नु राम्रो हो हाम्रो प्रयास पनि दलहरु जुटुन् भन्ने नै हो, अब के गर्नुहुन्छ उहाँहरुले गर्नुहुन्छ ।’