पर्वतको कुस्मामा लक डाउनमा कडाई मर्निङ्गवाल्क निस्केका १८ जना नियन्त्रणमा

पर्वत ,बैषाख १०/ कोरोना संक्रमण फैलिएको अबस्थामा लक डाउन उल्लंघन गरेर मर्निङ्ग वाल्कमा निस्केकाहरुलाई पर्वत प्रहरीले बुधबार १८ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्वतको कुस्माबजारमा बुधबार बिहानै लक डाउन उल्लंघन गर्दै मर्निङ्ग वाल्कमा निस्केका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलबार पनि २६ जनालाई नियन्त्रणमा लिएको थियो ।
कुस्माबजारबाट गोदाम तर्फ मर्निङ्ग वाल्कमा निस्केकाहरुलाई दुर्लुङ्गचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई आधा घण्टा रोकेर अब ननिस्कन सम्झाई बुझाई गरेर छाडिएको छ ।
कुस्माबजारबाट दुर्लुङ्गचोक हुँदै गोदाम तर्फ, गुप्तेश्वर गुफा, कुस्माबाट ज्ञादी तर्फ नियमित रुपमा मर्निङ्ग वाल्क हुँदै आएको गुनासो आएपछि प्रहरीले सक्रियता बढाउन थालेको छ। जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना जारी गरेर बिहान, बेलुका र दिउँसो पनि अनावश्यक काममा सडकमा ननिस्कन र निस्केमा प्रचलित कानुन अनुसार काबार्ही गर्ने चेतावनी दिदै आएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’