हालसम्म विश्वभर कोरोनाबाट एक लाख ७७ हजार ४५७ को मृत्यु, २५ लाख ५६ हजार ७९८ संक्रमित

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने झन बढे, एकै दिन २८ सयको मृत्यु

काठमाडौं, १० बैसाख । विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणले शक्ति राष्ट्र अमेरिका आक्रान्त बनेको छ ।

अनेक प्रयासका वावजुद पनि अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नियन्त्रणमा आउनुको सट्टा झन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामै अमेरिकामा कोरोना संक्रमणबाट दुई हजार ८०२ जनाको ज्यान गएको छ । यो योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ हजार नाघेको छ ।

मंगलबार एकै दिन अमेरिकामा २७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या ८ लाख १९ हजार ८०९ पुगेको छ । अहिलेसम्म अमेरिकामा करिब ८३ हजार मात्रै उपचारपछि ठिक भएका छन् ।

कोरोना संक्रमणबाट मंगलबार विश्वभर ७ हजार ६० जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको छ । योसँगै विश्वभर मृतकको संख्या एक लाख ७७ हजार ४५७ पुगेको छ । यो बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांक हो ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या २५ लाख ५६ हजार ७९८ पुगेको छ । त्यसमध्ये ६ लाख ९० हजार २१९ जना मात्रै उपचारपछि निको भएका छन् । बेलायतमा गएको २४ घण्टामा ८२३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

त्यसैगरी इटालीमा ५ सय ३४, फ्रान्समा ५ सय ३१, स्पेनमा ४ सय ३०, जर्मनीमा २२४, टर्कीमा ११९, ब्राजिलमा १५४, बेल्जियममा १७०, क्यानाडामा १४४, नेदरल्यान्डमा १६५, स्वीडेनमा १८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

अहिलेसम्म इटालीमा साढे २४ हजारभन्दा धेरै, स्पेनमा २१ हजारभन्दा धेरै, फ्रान्समा २० हजारभन्दा धेरै, युकेमा १७ हजारभन्दा धेरैको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’