बेनी नगरपालिकामा एक करोडको कोरोना कोष
१० शैयाको आइसोलेसन वार्ड बनाइने

म्याग्दी, बैषाख ९ / म्याग्दीको एकमात्र नगरपालिका बेनीले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम, नियन्त्रण, व्यवस्थापनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। कोरोना नियन्त्रणका लागि लकडाउन घोषणासँगै ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले दोस्रो पटक फेरि ५० लाख रुपैयाँ थपेर कोष स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीले जानकारी दिनुभयो ।
आइसोलेसन वार्ड, क्वारेनटाइन निर्माण र राहत वितरणमा यो बजेट खर्चिने उहाँको भनाई छ । कोरोना उपचारलाई लक्षित गरी जिल्ला कमान्ड पोस्टको निर्णयअनुसार नगरपालिकाको तर्फबाट १० शैया क्षमताको आइसोलेसन कक्ष पनि बनाइने छ ।
बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि वडास्तरमा राहत वितरण, स्वयंसेवक परिचालनसमेत गर्दै आएको छ। यसअघि नगरपालिकाले बेनी अस्पताललाई पाच लाख रुपैयाँ सहयोग गर्नुका साथै न्यु वेस्ट पोइन्ट आवासीय माविको भवनमा ३० शैयाको क्वारेन्टाइन स्थापना, विदेशबाट आएकाहरुलाई एकान्तबास राख्ने, बजार क्षेत्रमा क्लोरिन छर्कनेलगायतका काम गरेको थियो।