कोरोनाबाट अमेरिकामा ज्यान गुमाएका बिष्णुकुमारको शव बुझ्ने पनि कोही भएन

काठमाडौं, ९ बैसाख । कोरोना कहरले आक्रान्त न्यूयोर्कको नेपाली समुदाय त्यतिबेला अझबढी दुःखी भयो, जतिबेला बिष्णुकुमार राईको शव बुझ्ने मान्छे पनि थिएनन् । बिष्णुकुमारको निधन भएको खबर पनि दुई हप्तापछि मात्रै थाहा भयो, त्यो पनि पत्रकारले समाचारमा लेखेपछि ।

रोगले च्यापिरहेका बेला आफन्त भेट्नु, देख्नु त परको कुरा अस्पताल समेत देख्न नपाई न घरभित्रै नेपालीको मृत्यु भयो भन्ने खबर आएपछि न्यूयोर्कबासी नेपालीे निकै दुःखी भए । यसरी चुपचाप बिष्णुकुमारले संसार छाडेको खबर न उनको परिवारले थाहा पायो न त कोही आफन्तले ।

अमेरिकामा उनी एक्लो थिए । उनको सोधखोज गर्ने मान्छेसम्म पनि यहाँ कोही भएनन् । निधनपछि कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाइसकेका छन् ।
यहाँका स्थानीय नेताले दिएको जानकारीलाई आधार मान्दा कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन् । अहिले उनको शवले आफन्त र आफ्नो देश खोजिरहेछ । जीवित हुँदासम्म अमेरिकी सपनाले बिष्णुलाई पनि दिन रात दौडाइरेको रहेछ ।

बिष्णुकुमार वर्षौ पहिले आएका रहेछन् अमेरिका । स्थानीय संघ, सस्थाको सहयोगमा उनले अमेरिकामा काम गर्ने कागजात बनाउन सकेको देखिन्छ । पछिल्ला दिनमा उनी प्राय अलपत्र जस्तै थिए । उनले कामपनि छाडिसकेका थिए भने जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका थिए । सायद उनी बिरक्तिएका थिए एक्लो भएर ।

यही परिवेशमा परदेशी मुलुक पसेको २७ वर्षमाउनी संसारबाट विदा भए । उनलाई जान्नेहरु भन्दै छन्, उनको विवाह भएको थिएन्। परिवारका सदस्यमा उनकी भान्जी मात्रै छिन् जो अहिले सम्पर्कमा छिन् ।

भाइ बिवाह गरेको केही वर्षमै बिते, भाइबुहारी अन्तै हिँडिन् । तीन सन्तानमध्ये कान्छी बहिनी पनि बिवाह गरेको केही वर्षमा अन्तै लागिन् । बिष्णुका बुवा आमा जीवित छन्, या छैनन् भान्जीलाई पनि थाहा छैन् ।

२७ मार्चमा असंसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो । जस अनुसार उनी आगामी साता ७२ बर्षका पुग्दै थिए । उनको वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ । काठमाडाैं बाँसबारीका बासिन्दा भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् कुनै जानकारी भेटिँदैन् । अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’