पर्बतको मोदीकाली सहकारीद्धारा चैत महिनाको ब्याजमा १० दिनको ब्याज छुट

पर्बत, बैशाख ९ । पर्वतको कुश्मा बजारमा संचालित एक सहकारी संस्थाले ऋणीहरुलाई ब्याज र हर्जना छुट दिएको छ ।

मोदीकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ऋणी सदस्यहरूको लागि चैत्र महिनाको ब्याजमा सम्पूर्ण हर्जना छुटसहित १० दिनको ब्याज (३३.३३ प्रतिशत) छुट दिने निर्णय गरेको छ ।

कोरोना भाइरसबाट उत्पन्न यस विषम परिस्थितिमा व्यापार व्यवसाय चल्न नसकेको अवस्थामा राहतको लागि यस्तो निर्णय गरिएको अध्यक्ष विनोद आचार्यले जानकारी दिए ।
सहकारीले यसभन्दा अगाडि कुश्मा नगरपालिकाद्वारा स्थापित प्रकोप व्यवस्थापन कोषमा १ लाख सहयोग गरेको थियो भने सहकारीले “घातक रोग उपचार कोष“ मार्फत प्राणघातक रोगबाट पीडित निम्न वर्गका लागि सहयोग रकम समेत उपलब्ध गराउँदै आइरहेको छ ।

सहकारीमा सदस्यहरूलाई निशुल्क १ लाखको दुर्घटना बीमा, निशुल्क एसएमएस सुविधा तथा पानी, बत्ती तथा टेलिफोनको बिल तिर्दा अतिरिक्त शुल्क नलाग्ने जस्ता सुविधाहरु रहेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’