मानव सेवा आश्रम वाग्लुङ्गलाई कामना सेवा विकास वैकको खाद्यान्न सहयोग

पर्बत,वैषाख ९। कामना सेवा विकास वैक ले वाग्लङ्गुमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

सोमवार एक कार्यक्रमको आयोजना गरी वाग्लुङ्ग नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लक्ष्मी वास्कोटा तथा एभिन्युज सम्वाददाता राजेशचन्द्र राजभण्डारी को रोहवरमा सहयोग हस्तान्त्रण गरेको वैक का धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले जानकारी दिनुभयो ।

वेसाहारा असक्त असाहय अनाथ अभिभावक विहिन सडक आश्रीत मानवमुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट सहित मानविय सेवामा समर्पित मानव सेवा अश्रमको सेवा कार्यमा सहजता होस भनि वैकले आठ वोरा चामल, एक वोरा दाल दुई वोरा आटा, चाउाचाउ नुन तेल जस्ता दैनिक आवश्यक खाद्य समाग्री हस्तान्त्रण गरेको हो ।

कार्यक्रममा वैकका प्रतिनिधी वाग्लुङ्ग शाखाका प्रवन्धक ध्रव पौडेल तथा कर्मचारी सविता शर्मा को उपस्थीती रहेको थियो ।लकडाउनको समयमा आश्रममा आश्रीत ४२ जना ब्याक्तीत्व हरुलाई वैकले गरेको सहयोग प्रति मानव सेवा आश्रमकी प्रमुख सुमिरा लामा ले धन्यवाद प्रदान गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’