बुवाको किरिया बस्न मुस्ताङबाट पैदलै बाँके

म्याग्दी, बैशाख ८ / बाँके कोहलपुर नगरपालिका १२ निबुवाका ३६ वर्षीय रत्नबहादुर बुढा मजदुरीको सिलसिलामा मुस्ताङतर्फ लाग्दा घरमा बुबा बिरामी थिए।

दमका बिरामी बुवाको उपचार खर्च जुटाउन डेढ महिनाअघि मुस्ताङ गएका बुढाले दिवंगत बुवाको अनुहारसमेत देख्न पाएनन्।

वैशाख ३ गते बुवाको निधन भएको खबर पाउँदा उनी मुस्ताङको घाँसामा अलपत्र अवस्थामा थिए। लकडाउनका कारण आवतजावत बन्द थियो। बुबाको अन्तिम संस्कार मात्र हैन, किरिया गर्नबाट समेत बुढा वञ्चित भए। ‘घरमा बुवाको निधन भएपछि आमालाई सान्त्वना दिनेसमेत कोही छैन, पाँच भाइ छोराहरुमध्ये घरमा एक भाइ मात्रै छ, अरु दुई भाइ विदेश छन, दुई भाइ लकडाउनको कारण घर जान पाएका छैनौँ,’ उनले दुःख पोखे।

बुबाको निधन भएको दिन टाउको खुइल्याएर नुन छाडेका उनी पानी पिएरै भए पनि एकपटक घर पुग्ने बताउँछन्। पैदलै भए पनि घर हिँडे । नुनसमेत नखाएका उनी मुस्ताङदेखि बेनीसम्म पैदलै आएका थिए। बुढाको शरीर कमजोर भइसकेको थियो। खुट्टा पनि सुन्निएका थिए। कमजोरीले शरीर काँपिरहेको थिए।

बुढासँग बाँकेकै ९ जना ज्याला मजदुरीका लागि गत फागुनमा मुस्ताङ पुगेका थिए । सडक, घर निर्माणलगायत काममा ज्याला मजदुरी सुरु गरेको १० दिनमै लकडाउन भएपछि उनीहरुको रोजीरोटी खोसिएको थियो। रोजगारी गुमे पनि करिब एक महिना जेनतेन दिन बिताए उनले तर पछि खान बस्न समेत उनलाई समस्या हुन थाल्यो। अन्ततः आफ्नै घर जाने निधो गरेर हिँडेको अर्का मजदुर धनबहादुर सुनारले बताए। थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’