अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार, विश्वमा २४ लाख भन्दा बढी संक्रमित

एजेन्सी , बैशाख ८/ अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नजिक पुगको छ।

जोन्स हप्किन्स विश्वविद्यालयकाे पछिल्लव् तथ्यांक अनुसार त्यहाँ ४० हजार ६ सय ६१ जनाको ज्यान गइसकेको छ भने सङ्क्रमित हुनेहरूको संख्या साढे सात लाखभन्दा बढी छ।

अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ। ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन्। आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण तीव्र गतिमा अगाडि बढाइएको बताएका छन्। उनले नियमित पत्रकार सम्मेलनमा बोल्दै भनेका छन्। ‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन।’ यसैबीच कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण २४ लाख नाघेको छ। विश्वभर मृत्यु हुनेको संख्या १ लाख ५६ हजार भन्दा बढी छ।

मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटली छ। त्यहाँ २३,६६० ले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ। इटलीमा सङ्क्रमितहरूको संख्या १७८,९७२ पुगेको छ। त्यस्तै युरोपको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा १९६,६६४ सङ्क्रमित छन्। त्यहाँ २० हजार चार सय ५३ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनपछि फान्समा १९ हजार ७ सय १५ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १ लाख ५४ हजार ९७ रहेको छ। त्यस्तै बेलायतमा १६ हजार ६० जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार १ सय ७२ जना संक्रमित छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’