उदयपुरमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं, बैशाख ६/ नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ।

दुई संक्रमित महिला निको भएर घर फर्केकै दिन शनिबार थप एकमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको आधिकारिक वेवसाइटमा एक ६५ वर्षीय पुरुषमा नयाँ संक्रमण पुष्टि भएको उल्लेख छ।

शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा रहेका ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ भेटिएको थियो। शनिबार संक्रमण पुष्टि भएका ती पुरुष पनि सोही मस्जिदकै भएको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो।

‘शनिबार पुष्टि भएका नयाँ संक्रमित पनि भुल्के मस्जिदकै हुन्’, स्रोतले भन्यो, ‘उनी नेपाली वा भारतीय हुन भन्नेबारे पुष्टि भएको छैन।’

शुक्रबार संक्रमण पुष्टि भएका १२ जनालाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र लगिएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’