बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनालाई जितेर अस्पतालबाट घर गइन

बागलुङ /बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना संक्रमित महिलाले कोरोनालाई जितेर शनिबार साँझ घर फर्कनुभएको छ।
संक्रमित महिलोको चौथो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङ्गबाट डिस्चार्ज हुनुभएको छ।
चैत ४ गते बेल्जियमबाट कतार हुदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
कोरोना संक्रमण भएको पुष्टी भएपछि धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसुलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परिक्षण गर्दा पोजेटिभ आएपनि तेस्रो र चौथौं पटक नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो
डिस्र्चाज भएपछि उहाँलाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिनेछ