जनकपुरमा पैसा फाल्ने दुईमध्ये एक महिलाको रिपोर्ट पोजिटिभ, पीसीआर विधिबाट परीक्षण हुँदै

जनकपुरधाम, बैशाख ६/ जनकपुरमा बाटामा पैसा फालेर त्रासको सिर्जना गर्ने दुईमध्ये एक महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्टको रिपोर्ट पोजिटिभ आएको छ।

शनिबार प्रहरीले जनकपुरधाम उपमहानगरपालिका– ७, जानकी नगरबाट पक्राउ परेलगत्तै प्रहरीले ती महिलालाई प्रहरीले पक्राउ गरेलगत्तै प्रदेश अस्पताल जनकपुमा लगेर र्‍यापिड टेस्ट गराएको हो।

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखिएपछि अहिले प्रदेश अस्पतालमा ती महिलाको पीसीआर विधिबाट नमूना (स्वाब) परीक्षण भइरहेको प्रदेश अस्पतालको ल्याबका एक कर्मचारीले बताए।

शुक्रबार दिउँसो धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाटोमा शंकास्पद रूपमा नेपाली नोट (रुपैयाँ) फालेर ती महिला फरार भएका थिए।

ती महिलाले कोरोना भाइरसको संक्रमण फैलाउन बाटोमा त्यसरी नोट फालेको हुन सक्ने आशंका प्रहरीले ती नोट संकलन गरी प्रादेशिक अस्पतालमा पठाएका थिए।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’