बागलुङकी संक्रमित ६५ बर्षिया महिलाको चौथो रिपोर्ट पनि नेगेटिभ, घर पठाउने तयारी

बागलुङ, ६ बैशाख– धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

यसअघि बिहिबार गरिएको तेस्रो पटकको परीक्षणमा पनि उनको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ देखिएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखराका अनुसार उनको दोस्रो फेजको रिपोर्ट समेत नेगेटिभ आएकाले उनमा कोरोनाको संक्रमण सकिएको पुष्टि भैसकेको छ ।


उनी नेपालकै छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने बिषयमा भने छलफल चलिरहेको छ ।

धौलागिरी अञ्चल अस्पताल स्रोतका अनुसार, आईतबार दिउँसो सम्ममा उनी घर जान पाउने छिन् । कोरोनाको संक्रमण निको भएको भएपनि उनले केही दिन होम क्वारेन्टाईनमा भने बस्नुपर्ने छ । उनी कोरोनालाई जितेर निको भएकी छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’