बेलायतमा कोरोनाबाट १६ नेपालीको मृत्यु

लण्डन, बैशाख ६/ कोरोना संक्रमणका कारण बेलायतमा शुक्रबारसम्म १६ जना नेपालीको मृत्यु भइसकेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनका अनुसार, मृत्यु हुनेमा अधिकांश भूतपूर्व ब्रिटिस गोर्खा सैनिक रहेका छन्।

त्यसैगरी, अहिलेसम्म बेलायतभरमा १५ जना नेपाली कोरोनाको संक्रमणपछि निको भएर घर फर्किएको जानकारी दूतावासको जानकारीमा आएको बताइएको छ। अहिले अस्पतालमै भर्ना भएर उपचार गराइरहेका ७ जना तथा संक्रमणको आशंका भएपछि घरमै आइसोलेसनमा बसेकाहरु झण्डै ४० जना रहेको पनि उपनियोग प्रमुख आरनले जनाएका छन्।

दूतावासले सबैलाई सतर्क रहन र अत्यावश्यक काम बाहेक अरु बेला घरैमा बसेर संक्रमण नियन्त्रणमा सघाउन आग्रह गरेको छ। बेलायतमा आपतविपत खेपेका नेपालीको सहयोगार्थ नेपाली दूतावास, एनआरएनए यूके, बन्टोक नेपाली समाज लगायत सामाजिक संघसंस्थाले काम गरिरहेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’