उदयपुरमा भेटिएका १२ संक्रमितसँग सम्पर्क गरेका व्यक्ति खाेज्दै प्रहरी, भुल्के क्षेत्र सिल

काठमाडौं, बैशाख ६/ उदयपुरमा भेटिएका कोरोना संक्रमित १२ व्यक्तिसँग भौतिक सम्पर्क गरेकाहरूको खोजी प्रहरीले तीव्र पारेको छ।

ती संक्रमित बसेकाे उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र सिल गरी प्रहरीले ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरेको हो।

त्यहाँस्थित मस्जिदमा बसेका १२ जनाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रपोर्ट बिहीबार सार्वजनिक भएको थियो। तीमध्ये ११ जना भारतीय र १ नेपाली छन्।

ती व्यक्तिसँग ककसले भौतिक सम्पर्क गरेका थिए भनेर प्रहरीले खोजी तीव्र पारेको उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) वीरबहादुर बुढा मगरले जानकारी दिए।

संक्रमित १२ जनालाई अहिले प्रदेश १ को विराटनगरस्थित प्रादेशिक अस्पताल लगिएकाे छ भने उनीहरूसँग भौतिक निकटता कायम गरेका ४ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ।

ती १२ समेत गरेर नेपालमा कोरोना संक्रमितकाे संख्या ३० पुगेकाे छ। तीमध्ये १ जना निकाे भइसकेका छन् भने बाँकी २९ जनाकाे अहिले विभिन्न अस्पतालमा उपचार जारी छ।

साथै सरकारले देशभर काेराेना परीक्षण अभियान सञ्चालन गरिरहेकाे छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’