जनकपुरकाे सडकमा नेपाली नोट छरेर भागे दुई महिला, कोरोना फैलाउन त्यसो गरिएको आशंकामा अनुसन्धान तीव्र

काठमाडौं, बैशाख ५/ धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोककाे सडकमा शुक्रबार दुई महिलाले नेपाली रुपैयाँका नोट छरेर भागेपछि प्रहरी आश्चर्यचकित भएको छ।

ती नोटमा कोरोना भाइरस रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे ती महिलाले फालेका नेपाली नोट प्रहरीले बरामद गरेको छ। बरामद नोट काेराेना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको उनले बताए।

प्रहरीले नेपाली रूपैयाँका नाेट छर्ने महिलाको तीव्र खोजी भइरहेको जनाएकाे छ। सिसीटिभीकाे फुटेजमा ती महिला अन्दाजी ४०-४५ वर्षका देखिएका छन्।

नाेट छरिएको क्षेत्रलाई स्यानिटाइजर छर्केर सुरक्षित पारिएकाे र कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’