हिँडेर गाउँ जान नदिन प्रधानमन्त्रीको निर्देशन-खान समस्यामा परेकालाई खानाको व्यवस्था गर्नू

काठमाडौं, वैशाख ५/प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर गाउँ जान नदिन र खान समस्यामा परेकालाई खानाको व्यवस्था गर्न निर्देशन दिएका छन्।

लकडाउनको बेला मानिसहरू हिँडेरै आफ्नो गृह जिल्ला गइरहेका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्य बोलाएर छलफल गरेका थिए। छलफलमा समितिले हिँडेरै घर जानेबारे दुई विकल्प पेस गरेको थियो।

छलफलपश्चात प्रधानमन्त्रीले सो निर्देशन दिएका बैठकमा उपस्थित एक सदस्यले जानकारी दिए।

बैठकले पैदल घर जान हिँडेकालाई जहाँ छन् त्यहीँ खानबस्नको व्यवस्था गर्ने पहिलो विकल्प अघि सारेको थियो भने जसरी घर जान चाहनेलाई उच्च सुरक्षा व्यवस्थासहित जिल्ला सदरमुकामसम्म पुर्‍याउने र त्यहाँबाट स्थानीय तहको जिम्मा लगाउने अर्को विकल्प पनि प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’