प्रशासनको कडाईका बिच पनि रोकिएनन हिडेरै घर जाने मजदुर, नाकामा पनि कडाई जरुरी


पर्वत,बैषाख ४ /
पर्वतमा जलबिद्युत देखि सडक तथा पुल निर्माणको काम गरिरहेको फेवा कन्ट्रक्सनमा कार्यरत १३ जना मजदुर हिडेरै घर जादै गरेको अबस्थामा छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाबाट फर्काइए ।
लकडाउनका कारण कामविहीन बनेका मजदुर पैदल हिडेर दैलेखमा रहेको घर फर्कने क्रममा बागलुङमा स्थानिय सरकारले रोक्यो र सोधखोजपछि पर्वत नै फर्काइदिएको हो ।
कुश्मा नगरपालिका वडा नं ८ चुवाबाट जिल्ला प्रशासनलाई पासका लागि लेखिदिएको सिफारिस कार्यालयमा पेश नै नगरी सोही सिफारिस बोकेर बागलुङको जैमिनी–८ मा पुगेपछि अलपत्र परेका थिए ।
मजदुर अलपत्र परेको र हिडेरै घर जान लागेको थाहा भएपछि स्थानिय प्रशासनले निर्माण ब्यबसायीलाई उनीहरुलाई आफ्नै कार्यस्थलमा राख्न र खानपानको ब्यबस्थापन गर्न निर्देशन दिएपछि अहिले फेवा कन्ट्रक्सनकै साइडमा पुगेका छन । ‘पैदल हिँड्न पाइन्छ भनेर वडाबाट सिफारिस बनाएर आयौं,’ जिरज ओलीले भन्नुभयो ‘यहाँ आएपछि अघि बढ्नै पाइएन । जैमिनीको एउटा स्कुलको कोठामा भोकै सुत्यौं ।’ मंगलबार बिहानदेखि आफूहरु भोकभोकै भएको अबस्थामा कार्यस्थल फर्केर बुधबार साँझ खान खाए ।

All-focus


पर्वतको फलेबासमा सडक स्तरोउन्तीका लागि काम गर्दै आएका ११ जना मजदुर हिडेरै चितवन जान फलेबास नगरपालिकाको कार्किनेटा पुगेका थिए । स्थानिय सरकार र केही निर्माण ब्यबसायीको पहलमा उनीहरुलाई अर्को साईडमा काममा लगाउने सहमति पछि घर जान रोकिएका छन । फेवा कन्ट्रक्सनले नै जिम्मा लिएको यो सडकमा पनि मजदुरका नाईकेले पैसा पनि नदिने र पसलमा सामान समेत लान नदिएपछि मजदुर अलपत्र परेका थिए । आफूहरुले ज्यालाबापतको रकम नपाएपछि घर हिँडेको उनीहरुको भनाई थियो । चितवनकै राप्तीनगर नगरपालिका १० कोराक हिँड्ने योजनामा रहेका पासाङ थिङले भन्नुभयो ‘हामी फलेवासको राहालेमा काम गरिरहेका थियौँ, ठेकेदारले न त पैसा दिए न त रासन नै।’ भोकभोकै मर्नुभन्दा हिँड्दाहिँड्दै घर पुगिने आशमा यसरी हिँड्नुपरेको गुनासो उहाँको थियो ।
यी दुई घटना त प्रतिनिधी मात्रै हुन । मंगलबार नै कुस्मा नगरपालिकाको वडा नं २ मा इट्टा उद्योगमा काम गर्ने मजदुर हिडेरै घर जान लागेको बेला कुस्मामा समातिए भने पाङ्गमै पुल निर्माणमा खटिएका मजदुर पनि घर जाने बेला समातिएका छन । पर्वत जिल्लामा राष्ट्रिय गौरबका योजना, जलबिद्युत, सडक, खानेपानी जस्ता पुर्वाधारका क्षेत्रमा झण्डै ४ हजार मजदुर कार्यरत थिए । लक डाउन शुरु भएपछि ३ हजार मजदुरले पास बनाएरै घर पुगिसकेका छन । पास बितरणमा र अन्तरजिल्ला आवगमनका कडाई गरिएपछि ८ सय मजदुर घर जान पाएनन । काम गर्ने क्षेत्रमा भएको रासन सकिने, निर्माण ब्यबसायी र नाईकेले बेवास्त ागर्ने तथा घरपरिवारको मायाले समेत उनीहरु हिड्न खोजिरहेका छन ।
मज्दुरहरुलाई आफ्नै क्षेत्रमा राख्नका लागि निर्माण ब्यबसायीलाई जिल्ला प्रशासनले सुचना नै जारी गरेको छ । बैषाख २ मा जारी सुचनामा बिकास आयोजनाहरुमा काम गर्ने मजदुरहरुलाई शुरुकै बिन्दुमा राख्न र आवतजावत नगराउन भनिएको छ । सुचनामा अन्तरपालिका समेत आवतजावतमा कडाई गरिएको र निर्माण क्षेत्रका मजदुर पैदल हिडेर वारपार गरेको सुचनाका आधारमा स्थानिय प्रशासनले कडाई गरेपनि त्यसलाई उल्लंघन गर्ने क्रम रोकिएको छैन । पोखराबाट पर्वत हुँदै रोल्पा जान हिडेको मजदुरको समुह बागलुङ्ग पुगेको बेला रोकिएको छ।
नाकामा पनि कडाई जरुरी


पर्वतमा स्थानिय प्रशासनले जिल्ला भित्रने मुख्य सडक नाकाहरु मात्रै होइन झोलुङ्गे पुलहरुमा समेत सुरक्षा कडा गरेको छ । कास्कीको नयाँपुल, पर्वतकै आर्थर, चित्रे, कार्किनेटा, पाखापानी, हुवास, सेतीवेणी पर्वत भित्रने पूर्व र दक्षिणी क्षेत्रका मुख्य नाका हुन ।
पश्चिम तर्फ बागलुङ र म्याग्दीका धेरै झोलुगे पुलहरु भएका स्थानहरु नाकामा रुपमा छन । सडक मार्ग भने पर्वत माढुंगाको नाकामा पर्दछ । जिल्लामा भएका यी नाकाहरुमा कडाई गर्दा मात्रै पनि जिल्ला धेरै मात्रामा सुरक्षित रहने देखिनेछ ।
मानिस आवत जावत गरेका छन भन्ने सुचना भएका ठाउँहरुमा निगरानी गर्ने र फिर्ता पठाउने काम भैरहेको छ। तर अहिले पनि लुकिछिपी चोरबाटो, मुख्य सडक नाका र बाहानाबाजी गरेर पनि भित्रने क्रम रोकिएको छैन । बुधबार साँझ पोखराबाट हिडेर आएका एक हुल मानिस चुवामा आइपुगेका थिए । बिहानै पोखराबाट हिडेपनि कुस्मा आउँदा साँझ परेको र कसैले बिचमा नरोकेको दाबी उनीहरुको छ।
यसरी हिड्नेहरुलाई रोक्नका लागि अझै प्रभाबकारी काम भैरहेको र देखेमा समातेर क्वारेन्टाईनमा राख्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’