कोरोना भाइरस पुनः उदयको खतरा सन् २०२४ सम्म छ-अध्ययन रिर्पोट

काठमाडौं, बैशाख ४/ कोरोना भाइरस ‘कोभिड १९’ पुनः उदयको खतरा सन् २०२४ सम्म रहेको अमेरिकी हाभार्ड युनिभर्सिटीको अध्ययनमा बताइएको छ।

हाभार्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले औषधि र खोप नबनुन्जेल र त्यसको प्रभावकारिता नदेखिन्जेल सन् २०२४ सम्म कोरोना भाइरसको त्रास भएको उल्लेख गरेका छन्।

उनीहरुले खोप र औषधि नबनेको खण्डमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पनि सन् २०२२ सम्म लागू गरिनुपर्नेमा जोड दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

अप्रिलको अन्त्यसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्ति–व्यक्तिबीचको दुरीको नियम अन्त्य गरिने बताइरहँदा हाभार्ड युनिभर्सिटीको अध्ययन सार्वजनिक भएको हो।

ट्रम्पले बुधबार अमेरिकामा कोरोनाको उच्च प्रभावको उत्कर्ष कम भइसकेको बताउँदै प्रतिबन्धका नियमहरु चाँडै खोलिने उल्लेख गरेका थिए।

हाभाडर्का पाँच अनुसन्धानकर्ताले भने आफ्नो अनुसन्धानमा कोरोना भाइरसलाई गम्भीर रुपमा नलिए यो फेरि ब्युँतिने खतरा भएको जनाएका हुन्।

हाल विश्वभर २० लाख ९७ हजार १०१ कोरोना संक्रमित छन्। १ लाख ३५ हजार ६६२ को भने मृत्यु भइसकेको छ। एजेन्सीको सहयोगमा नेपालखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’