कोरोनाबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या चार गुणा बढी

काठमाडौं बैशाख ४/ महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन्।

विभिन्न निकायबाट सार्वजनिक भएका तथ्या‌ङ्कअनुसार हालसम्म एक लाख ३७ हजार संक्रमितको मृत्यु भएको छ।

हताहतिका हिसाबले यो निकै ठूलो संख्या हो। तर जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म भेटिएका संक्रमितमध्ये पाँच लाख १२ हजार २५२ जना उपचारपछि निको भएका छन्‌। ज्यान गुमाउने भन्दा निको हुनेको संख्या ३.९४ गुणाले बढी हो।

कोरोना भाइरस भेटिएको चीनमा संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७८ हजार ३७० रहेको छ। चीनमा निको हुने कोरोना संक्रमितको संख्या मृत्यु हुनेहरूको आंकडाभन्दा साढे २३ गुणाले बढी हो। जर्मनीमा ७२ हजार ६००, स्पेनमा ७० हजार ८५३, अमेरिकामा ५२ हजार ६४०, इरानमा ४९ हजार ९३३, इटलीमा ३८ हजार ९२, फ्रान्समा ३१ हजार ४७०, स्वीट्जरल्याण्डमा १५ हजार ४०० र ब्राजिलमा १४ हजार ६०० जना कोरोना संक्रमितले उपचारपछि पूर्ण स्वास्थ्यलाभ हासिल गरिसकेका छन्‌।

यी पाँच देश : जहाँ १० हजार भन्दा बढी मानिसले ज्यान गुमाए

अल्पविकसित र विकासोन्मुख भन्दा पनि विकासशील र विकसित देश कोरोना महामारीको डरलाग्दो चपेटामा फसेको देखिन्छ।

विश्व महाशक्ति र विकासको चरमसीमामा पुगेको भनिएको अमेरिकामा अन्य मुलुकको तुलनामा सबैभन्दा बढी अर्थात ३० हजार भन्दा धेरै संक्रमितले ज्यान गुमाएका छन्‌।

ज्यान गुमाउनेको संख्याका हिसाबले इटली दोस्रो स्थानमा छ, जहाँ कोरोनाका कारण २१ हजार ६४५ जनाको मृत्यु भएको छ। तेस्रो स्थानमा रहेको स्पेनमा १८ हजार ८१२ जना, चौथो स्थानमा रहेको फ्रान्समा १७ हजार १६७ जना र पाँचौं स्थानमा रहेको बेलायतमा १२ हजार ८६८ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्‌।

संक्रमितको संख्या पनि विकसित देशमा नै बढी देखिएको छ। अहिलेसम्मको आंकडाअनुसार अमेरिकामा सबैभन्दा बढी ६ लाख ३९ हजार ५५ जना संक्रमित भेटिएका छन्‌। स्पेनमा एक लाख ८० हजार ६५९, इटलीमा एक लाख ६५ हजार १५५, जर्मनीमा एक लाख ३४ हजार ७५३ र फ्रान्समा एक लाख ३४ हजार ७८२ संक्रमित फेला परेका छन्‌। यस हिसाबले यी देशमा एक लाखभन्दा बढी संक्रमित फेला परेका छन्‌।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’