कोरोना महामारीः विश्वभर संक्रमितको संख्या २० लाख नाघ्यो (अपडेट)

काठमाडौं ,बैशाख ४/ विश्वरभ कोरोनाबाट संक्रमितहरुको संख्या २० लाख नाघेको छ । बुधबार साँझको तथ्याँकअनुसार विश्वभर २० लाख ५१ हजार ३१ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यस्तै संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ८ सय ९२ पुगेको छ । बुधबार सबैभन्दा बढी अमेरिकामा १५ सय ३९ जनाको मृत्यु भएको छ भने फ्रान्समा १४ सय ३८ जनाको मृत्यु भएको छ ।
त्यस्तै इटालीमा ५ सय ७८, स्पेनमा ३ सय २४ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेहरुको संख्या ६ लाख २२ हजार ९ सय २३ पुगेको छ भने फ्रान्समा संक्रमित हुनेको संख्या १ लाख ४७ हजार ८ सय ६३ पुगेको छ । त्यस्तै इटालीमा १ लाख ६५ हजार १ सय ५५ जना संक्रमित भएका छन् भने स्पेनमा १ लाख ७७ हजार ६ सय ३३ जना संक्रमित भएका छन् ।
त्यस्तै बुधबार बेलायतमा ७ सय ६१ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेहरुको संख्या ९८ हजार ४ सय ७६ पुगेको छ । अहिले सम्म अमेरिकामा २७,५८६, फ्रान्समा १७, १६७, इटालीमा २१,६४५, स्पेनमा १८,५७९ र बेलायतमा १२,८६८ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ ।