रथीमा बढुवा सिफारीससंगै उपरथी प्रभुराम शर्माको प्रधानसेनापति बन्ने बाटो खुला

काठमाडौं– सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी प्रभुराम शर्मालाई रथी पदमा बढुवा लागी नाम सिफारीस गरेको छ । हालका बलाध्यक्षरथी गौरव टण्डुलको ठाउंमा सैनिक मुख्यालयले उपरथी शर्माको नाम सिफारीस गरेको हो । रथी तण्डुल उमेर हदका कारण यही वैशाख १९ मा अवकास पाउंदैछन् । तण्डुल बिहिवार विदामा बस्न लागेको सैनिक स्रोतको दावी छ । सेनामा अवकासमा जानु १५ दिन अघि विदामा बस्ने प्रचलन छ ।

बलाध्यक्षकृतरथी शरद गिरीको अध्यक्षतामा बसेको बोर्ड बैठकले बुधवार शर्माको नाम सिफारीस गर्दै सात दिने सुचना समेत प्रकाशित गरेको हो । बलाध्यक्षरथी तण्डुलले बुधवार प्रधानसेनापति पुर्णचन्द्र थापासहित उच्च अधिकारीसंग भेटेर बिदामा बस्न लागेको जानकारी समेत दिएका छन् ।

उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । सरकारले यसअघि उनि सेनाको युद्धकार्य महानिर्देशक रहेका बेला१ वर्ष २ महिना १५ दिनका लागी पदावधी थप गरेको थियो । शर्मा रथीमा बढुवा भएसंगै उनको हालका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् ।

हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसंगै शर्मा उनको ठाउंमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् । शर्मा रथी बनिसकेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन् ।

सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । उनको ठाउंमा वरियताका आधारमा उपरथी ईश्वर हमाल वा राजेन्द्र कार्की रथीमा बढुवा हुनेछन् । गिरीको रथीमा अवकाससंगै शर्मा प्रधानसेनापतिपछि सेनाको सेकेन म्यान बन्नेछन् । उपरथी ईश्वर हमाल अनडफको फोर्स कमाण्डरमा छनौट भइसकेका छन् ।

अर्का उपरथी कार्की भने हाल सेनाको युद्धकार्य महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । वरियतामा हमाल नै अघि भएकाले गिरीको ठाउंमा उनि नै सेनाको तीन तारे वन्ने सम्भावना छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’