फलेबास नगरपालिका भर राहात पाउने जम्मा ४ सय ८७ , बितरणमा कुपन प्रणाली

पर्वत / लक डाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर र बिपन्न परिवार प्रभावित भएपछि देशभरका स्थानिय तहले राहत बितरण गरिरहेका छन ।
राहत बितरणका लागि लामो लाइन लाग्ने देखि मापदण्ड बिपरित धेरै संख्या छनौट भएको भनेर आलोचना पनि भैरहेको छ । पछिल्ला दिनमा कुहिएका चामल र दाल बाँडेपछि राहत लिनेहरु नै झाडापखाला लागेर अस्पताल भर्ना भएका सम्म समाचार सार्वजनिक भैरहेका छन ।
तर केही स्थानिय तहले राहत बितरणमा नयाँ अभ्यास र सकारात्मक प्रयास पनि गरिहेका छन । यस्तै सकारात्मक प्रयास गर्नेमा पर्वतको फलेबास नगरपालिका पनि छ ।
फलेबास नगरपालिकाले राहत बितरणका लागि मापदण्डलाई कडाई गरेको छ भने राहत पाउने संख्या पनि वास्तविकताका आधारमा मात्रै छनौट गरेको छ । यति मात्रै होइन फलेबास नगरपालिकाले राहत बितरणका लागि कुपन प्रणाली लागु गरेको छ ।
फलेबास नगरपालिकाले जम्मा ४ सय ८७ जनालाई राहत बितरण गर्न लागेको छ । मंगलबार सम्म झण्डै चार सयले राहत बुझेका छन । अतिबिपन्न र दैनिक ज्याला मज्दुरी गर्ने परिवारलाई मात्रै यसमा समाबेश गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्ति रिजालले जानकारी दिनुभयो । फलेबासकै छिमेकी कुस्मा नगरपालिकामा एउटै वडामा ३ सय भन्दा बढीलाई राहत बितरण गरिदा फलेबासले जम्मा ५ सय जनालाई राहत बितरण गरेको छ । अन्य पालिकालेहरु पनि ठुलो संख्यामा राहात बितरण गरेका छन ।

फलेबास नगरपालिकाले राहत बितरणमा भीडभाड नहोस भनेर कुपन प्रणाली लागु गरेको छ । हरेक वडा कार्यालयलाई कुपन दिने ब्यबस्था गरिएको छ । नगरपालिकाले यसअघि नै मुल्यसुची र दिने परिणाम पनि निर्धारण गरिसकेका कारण कुपन लिएर पसलमा जानेले सोही अनुसार सामान लिएर जान्छ । यसरी कुपन दिदा पसल र वडा कार्यालयमा पनि भीड नहुने ब्यबस्था मिलाइएको छ । वडा कार्यालयले पसलमा भीड नहुने गरि प्रतिदिन १० जना सम्मलाई कुपन दिइरहेका छन । ‘अहिले सामाजिक दुरी कायम गर्ने र राहात बितरणलाई पनि निरन्तरता दिने गरि कुपन प्रणाली लागि गरेका हौ’ उहाँले भन्नुभयो ‘सामान बुझेपछि भरपाई गराउने भएकाले दुरुपयोगको संभावना पनि छैन’
फलेबासले नगरपालिका भित्रका श्रमिक, बिपन्न परिवारका साथै अलपत्र परेका मज्दुरलाई पनि राहत दिने योजना बनाएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘अहिले भएको संख्यामा थप डेढ सय मजदुरलाई पनि समावेश गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘ठेकेदारले पैसा नदिएर भोकै परेको भेटिएमा उनीहरुलाई न्युनतम रुपमा खान पुग्ने राहत दिनुपर्छ भन्ने मानसिकता बनाएका छौ।’
फलेबासको राहात बितरण सम्बन्धी कार्यबिधी हेर्न यहाँ क्लिक गर्नुहोस
http://phalewasmun.gov.np/sites/phalewasmun.gov.np/files/%E0%A4%85%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%A0%E0%A4%BF%E0%A4%A4%20%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BF%E0%A4%95%20%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%97%20%20%E0%A4%A4%E0%A4%A5%E0%A4%BE%20%E0%A4%85%E0%A4%B8%E0%A4%B9%E0%A4%BE%E0%A4%AF%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A4%BE%E0%A4%88%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B9%E0%A4%A4%20%E0%A4%AE%E0%A4%BE%E0%A4%AA%E0%A4%A6%E0%A4%A3%E0%A5%8D%E0%A4%A1_01%28COVID-19%29%2C%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AC.pdf?fbclid=IwAR00sLraaX9P-KUNVMDHg2_1V8oZUBYzrTTstgJxYxdzxYam-hBZM7mJ6vk