बागलुङ्गमा लकडाउन उल्लंघन गर्ने १२० जना पक्राउ

बागलुङ, ३ बैशाख/ लकडाउन उल्लंघन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार सदरमुकाम बागलुङ बजारबाट १२० जना र १३ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कामबिनै सडकमा निस्किएकाहरुलाई प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा केहीबेर राखेर आवश्यक कारवाहीपछि छोडिएको प्रहरी निरिक्षक हेम केसीले जानकारी दिए । प्रनि केसीका अनुसार, नियन्त्रणमा लिईएका मोटरसाइकललाई भने तत्काल फिर्ता गरिने छैन ।


बागलुङमा दोस्रो कोरोना संक्रमित देखापरेपछि लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले यस साताको पहिलो चार दिन कसैलाई पनि नियन्त्रणमा लिएको थिएन् । बुधबारबाट पुनः कडाई थालिएको केसीले बताए । बजारका चोक तथा सडकमा निगरानी भने भैरहेको थियो । सर्वसाधारणले नै बुझेर कोरोना संक्रमण रोक्नका लागि लकडाउनको पुर्ण पालना गर्नुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’